३१ आश्विन २०८३, शनिबार

आशिका तामाङलाई अदालतले जेल सजाय सुनाएपनि बस्नु नपर्ने, कसरी ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । अभियान्ता आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले आज पाँच दिनको कैद फैसला तोकेको छ ।

साँगामा रहेको झोलुंगे पुलमा रकम उठाएको विरोधमा उनले त्यहाँको सूचना र रकम उठाउने बिल च्यातेपछि उनीविरुद्ध मुद्दा परेको थियो । सोही मुद्दाको फैसला गर्दै अदालतले उनलाई पाँच दिनको कैद फैसला तोकेको हो ।

तर अदालतले कैद फैसला गरेपनि उनी जेल भने बस्नुपर्ने छैन । उनी यसअघि नै पक्राउ परेलगत्तै पाँच दिन थुनामा बसिसकेकाले थप बस्नु नपर्ने भएको हो ।

अदालतले तामाङसहित उनका सहयोगी शरण तिरूवालाई पनि पाँच दिन कैद र पाँच सय जरिवानाको फैसला गरेको हो ।