१७ कार्तिक २०८३, मंगलबार

महदेवा गाउँपालिकाका पूर्वअध्यक्ष यादवको निधन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १२ भदौ । सप्तरीको महदेवा गाउँपालिका पूर्वअध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

महदेवा गाउँपालिका–३, बथनाहा निवासी यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए । लामो समयदेखि उनी क्यान्सर रोगबाट पीडित थिए ।

चिकित्सकको निगरानीमा उपचाररत रहेका उनको आफ्नै निवासमा निधन भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए ।

यसैबीच, यादवकको निधनप्रति जसपा सप्तरीले गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ ।

प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमा समेत उनले सक्रिय सहभागिता जनाएका थिए । उनका एक छोरा, एक छोरी र पत्नी छन् ।