दिपायल, २९ जेठ । लागुऔषध चरेस मुद्दामा अदालतद्वारा दोषी ठहरिएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको क्षेत्रीय प्रहरी अपराध अनुसन्धान तथा नियन्त्रण सहयोग टोलीले चरेस मुद्दाका दोषी कञ्चनपुरका वीरेन्द्र कोरलाई बुधबार पक्राउ गरेको हो । जिल्ला अदालत कञ्चनपुरले विसं २०६६ पुस २० गते उनलाई लागुऔषध मुद्दामा पाँच महिना १६ दिन कैद र रु पाँच हजार जरिवाना तोकेको थियो ।
क्षेत्रीय सहयोग टोलीका महाकाली प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले गोप्य सूचनाका आधारमा कोरलाई उनको घरबाट पक्राउ गरिएको बताउनुभयो । पक्राउपछि अदालतमा पेस गरिएका कोरलाई कारागार चलान गरिएको छ ।
















प्रतिक्रिया