३१ आश्विन २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन जोर्डनका राजालाई आग्रह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलबाट हमासको कब्जामा परेर बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि जोर्डनका राजासँग आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले राजा अब्दुल्ला द्वितीयलाई पत्र पठाउँदै जोशीको रिहाइको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने उल्लेख गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

आइतबार राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए।