३१ आश्विन २०८३, शनिबार

मितेरी सहकारी ठगी : दुई जना थुनामा, एक जनासँग धरौटी माग

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । ललितपुर जिल्ला अदालतले मितेरी सहकारी ठगी प्रकरणमा दुई जनालाई थुनामा पठाउने र एक जनालाई ७ लाख धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश निर्मला योङयाको इजलासले सुरेश अधिकारीलाई धरौटीमा छाड्ने आदेश गरेको हो भने ज्योति बहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादीमध्ये ३ जना मात्रै पक्राउ परेका छन् भने बाँकी फरार छन्।