३० आश्विन २०८३, शुक्रबार

नेपाल टेलिकमको तीज अफर, १११ रुपैयाँमा ६ जीबी डेटा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ भदौ । नेपाल टेलिकमले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ ।

यसअन्तर्गत कम्पनीले रु. १११ मा ६ जीबी डेटा उपलब्ध गराउने भएको छ । पाँच दिनको समयावधि रहेको यो डेटा प्याक लिन ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर यो प्याक खरिद गर्न सक्नेछन् ।

यसका साथै, पहिलो पटक ‘एनटी एप’ डाउनलोड गरी प्रयोग गर्ने ग्राहकलाई १ जीबी डेटा बोनस स्वरूप प्रदान गर्दै आएको पनि टेलिकमले जनाएको छ ।