३१ आश्विन २०८३, शनिबार

धनराजलाई चोख्याउँदै सीआईबीले बुझायो मितेरी सहकारी ठगीको अनुसन्धान प्रतिवेदन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेस उपसभापति धनराज गुरुङलाई चोख्याउँदै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

सीआईबीले अनुसन्धानका क्रममा ठगीको कुनै प्रमाण नभेटिएको भन्दै गुरूङलाई उन्मुक्ति दिएर उनकी पूर्वपत्नी ज्योति गुरुङसहित ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको हो । उनीहरूमाथि करिब १४ करोड रुपैयाँ ठगीको आरोप छ।

प्रहरीका अनुसार मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीको समूहले सहकारीको रकम ठगी गरी हुन्डी र क्रिप्टोमार्फत ६ अर्बभन्दा बढीको अवैध कारोबार गरेको पाइएको छ।

अब सरकारी वकिलको निर्णयअनुसार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर हुनेछ।