३१ आश्विन २०८३, शनिबार

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पाए विश्वासको मत

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २७ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

१ सय १० सदस्यीय प्रदेश सभामा बानियाँको पक्षमा ६३ मत परेको हो। एमाले–कांग्रेस गठबन्धनबाट साउन २० गते मुख्यमन्त्री बनेका बानियाँलाई कांग्रेसभित्रको असन्तुष्ट समूहका कारण विश्वासको मत लिने तालिका पछि सारिएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामासहितको असन्तुष्ट पक्ष एकमत भएर समर्थनमा उभिएपछि बानियाँलाई सहज भएको हो।

प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सदस्य छन्। यसबाहेक माओवादीका २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी)का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य छन्।

मतदानमा समाजवादीका ४ र नेमकिपाका ३ सदस्य तटस्थ बसे भने समाजवादीकै ३ जना अनुपस्थित रहे।