३१ आश्विन २०८३, शनिबार

रिहा भए दुर्गा प्रसाईं

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । चैत १५ को हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईं धरौटी रकम बुझाएर रिहा भएका छन् ।

सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।

उच्च अदालतले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई गएराति रिहा गरेको हो । प्रसाईंलाई स्वागत गर्न नेपाली कांग्रेसका सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका थिए ।