१६ असार २०८३, मंगलबार

स्वर्गीय पत्रकार खत्रीको परिवारलाई प्रेस चौतारीको आर्थिक सहयोग

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १८ साउन । रेडियो नेपाल दिपायलमा कार्यरत पत्रकार तथा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिका सदस्य दीर्घ खत्रीको निधनप्रति प्रेस चौतारीले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

जोराायल गाउँपालिका–४, चुनरडुङ्गा निवासी खत्रीको २०८२ साल साउन ८ गते निधन भएको थियो । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी तथा पत्रकारहरूले स्वर्गीय खत्रीको निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै समवेदना प्रकट गरेका हुन् ।

प्रेस चौतारीका सदस्यहरूबाट संकलित ५२ हजार १२५ रुपैयाँ स्वर्गीय खत्रीका परिवारजनलाई हस्तान्तरण समेत गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी सुदूरपश्चिमका इन्चार्ज दिलबहादुर छत्याल, सहइन्चार्ज सुशील ढुङ्गाना, कैलाली इन्चार्ज हरि जोशी, उपाध्यक्ष मिना ठकुरी, महासचिव भानुभक्त आचार्य, सचिव खेम ढुङ्गाना, पूर्व सहइन्चार्ज गोविन्द रोस्यारा, पत्रकार महासङ्घ सुदूरपश्चिमका अध्यक्ष भरतबहादुर शाह, महासचिव शिवराज भट्ट, सचिव इन्दु केसी, कैलाली उपाध्यक्ष विराज रोस्यारा लगायतको उपस्थिति थियो ।