१९ कार्तिक २०८३, बिहिबार

पार्टी नेतृत्वविरूद्व राज्य संरक्षित व्यक्तिबाट षड्यन्त्र गर्न खोजीएको भन्दै कडा प्रतिवाद गर्ने काँग्रेसको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए । यस बिषयलाई संसद, संसदीय समितिमा समेत कडा ढंगले उठाउने उनले बताएका छन् ।

निर्वाचन नजिकिदै जाँदा डिजाइन नै बनाएर अध्यावधिक र पार्टीको वैधानिकतासँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको उनको भनाइ छ । यस बिषयमा राज्यले गर्ने छानविनमा कांग्रेस पछि नहट्ने उनले उल्लेख गरे । बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने बिषयमा सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूसंग छलफल गर्ने निर्णय गरेको पनि रसाइलीले बताए ।

त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एक–अर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए । सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने दायित्व भएको सरकारले सरकारी संयन्त्रहरू प्रयोग गरेर कसैलाई ठेगान लगाउने वा तिर सोझाउने काम गर्न नहुने उनले बताए । विशेष गरी सत्ता पक्षको सवालमा उठेको विषय र प्रधानमन्त्रीसँग जोडिएको विषयका बारेमा सरकार जवाफदेहि हुनुपर्ने उनको भनाइ छ ।

उनले छानबिन तथा पक्राउ गर्दा पनि कानुनी प्रक्रिया हुनुपर्ने, गैरकानूनी ढङ्गबाट पक्राउ गरेर प्रतिशोध साँध्ने वा तर्साउने प्रवृत्ति देखाउन नहुने धारणा राखेका छन् ।