२० असार २०८३, शनिबार

राजीनामा दिँदै बागमतीका मुख्यमन्त्री लामा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेतामा पराजित मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने भएका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि लामा मुख्यमन्त्री छोड्न तयार भएका हुन् । उनले आइतबार राजीनामा दिने देउवालाई जानकारी गराएका छन् ।

देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा लामाले नियुक्त गरेका तीन मन्त्रीलाई निरन्तरता दिने सहमति भएको बताइएको छ ।

लामाले दलको नेतामा पराजित भएपछि गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । तर प्रदेश प्रमुख बिरामी भएको भन्दै तोकिएको शपथको कार्यक्रम स्थगित भएको थियो ।

संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिने आवश्यक नभएको जिकिर गर्दै आएका थिए । उनले गठबन्धन सरकारको मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै राजीनामा नदिने अडान लिएका थिए ।

लामाले राजीनामा दिएपछि बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् ।