१९ कार्तिक २०८३, बिहिबार

भिजिट भिसा प्रकरण वार्ताको माध्यमबाट टुंग्याउनु पर्छ : सन्तोष परियार

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिले सदनमा भइरहेको भिजिट भिसासम्बन्धीको आफूहरुको आन्दोलन वार्ताको माध्यमबाट टुंग्याउनु पर्ने बताएका छन् । शुक्रबार उदयपुरको चौदण्डीगढी नगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै परियारले यस्तो बताएका हुन् ।

बिहीबार रुपन्देहीको भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले समेत सदनमा अहिले देखिएको समस्या वार्ताको माध्यमबाट टुंग्याउनु पर्ने निष्कर्ष निकालेको समेत उनले बताए ।

प्रमुख सचेतक परियारले देशमा परिवर्तन गर्न चाहने शक्तिलाई रोक्न वर्तमान सत्ता साझेदार दल लागि परेको बताउँदै घरमा बुढा बुवाआमा, लालाबाला छोडेर विदेशी भूमिमा रगत र पसिना बगाउन बाध्य नेपालीको पीडालाई झनै पीडा थप्नेगरी राज्य सत्ताकै आडमा भिजिट भिसा प्रकरण बढेर गएकाले यस्तो कदम सच्याउनु पर्ने माग समेत राखे ।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका केन्द्रीय सदस्य हरि ढकालले पछिल्लो समय जनतामा आएको परिवर्तनको हुटहुटीका कारण ठूला दलहरु कांग्रेस, एमाले र माओवादीको मुटुमा ढ्याङ्ग्रो बझ्न थालेको भन्दै देशमा विकास र समृद्धिको बाधक समेत यीनै ठूला दल रहेकोले अब हुने ८४ को चुनावमा आफूलाई परिवर्तन गर्न सबैलाई अपिल गरे ।

शुक्रबार भएको रास्वपा चौदण्डीगढी नगर अधिवेशनमार्फत रमेश विष्टको अध्यक्षतामा १० सदस्य समिति सर्वसम्मत चयन भएका छन् । कमिटिको उपाध्यक्षमा पदमबहादुर तामाङ, सचिवमा टिकाबहादुर खत्री र सदस्यहरुमा सोमप्रसाद राई, धनबहादुर कार्की, ऐश्वर्यकुमार सुवेदी, रामप्रसाद पोखरेल, समानन्द चौधरी, सुजता कार्की र पार्वती आचार्य ओझा रहेका छन् ।