
– सुशिल नेपाल
पाल्पा । मोडलिङको दुनियामा रमाउन खोज्ने यहाँ धेरै छन । म्युजिक भिडियोबाट मोडलिङ यात्रामा प्रवेश गर्ने युवतीको संख्या नगन्य छ । हुन त युवाहरुको पनि जमात नभएको होइन । तर मोडलिङ क्षेत्रमा युवतीहरुको आकर्षण लोभ लाग्दो पाराले बढीरहेको छ ।
रुपन्देहीको बुटवल ४ फुलवारिकी अस्मिता थापा मोडलिङमा जम्ने तयारीमा छिन् । भर्खरै १२ कक्षाको परीक्षा दिएको उनको मोडलिङ रुचि भने सानैदेखिको हो । ‘मोडलिङमा लागेर राम्रो कलाकार बन्ने सपना देखेकी छु, मोडलिङमै आफनो करियर बनाउन चाहान्छु ।’ दैनिक नेपालसंग कुरा गर्दै अस्मिताले भनिन ।
केहि म्युजिक भिडियो तथा एक चलचित्रमा समेत अभिनय गरेकि अस्मिता चलचित्रप्रति पनि राम्रै झुकाव राख्छिन । यस क्षेत्रमा लाग्न घरपरिवारको पनि राम्रो साथ पाएको उनी बताउँछिन । विहेका बारेमा भने अहिले केहि नसोँचेको उनी बताउँछिन । भन्छिन– ‘पहिले करिअर अनि बल्ल विहेका बारेमा सोँच्नेछु ।’


















प्रतिक्रिया