
काठमाडौं, १३ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङमार्गको पछिल्लो अवस्थाका बारेमा स्थलगत जानकारी लिएका छन् ।

मंगलबार बिहान सडक विभागका अधिकारीहरुसहित मन्त्री दाहालले सुरुङमार्गको निरीक्षण गरेका हुन् । त्यसक्रममा मन्त्री दाहालले बाँकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिए ।
सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिए ।













प्रतिक्रिया