मुम्बई । शाहरुख खानका एक ‘स्पोर्टस ब्वाई’क सुभाष जैनको निधन भएको छ । उनलाई शाहरुख खान सुभाष दादा भनेर बोलाउथे ।
खबर अनुसार सुभाष केही महिनादेखि विरामी थिए र लामो समयसम्म बेड रेष्टमा थिए । सुभाषले शाहरुख खानसँग करिब २५ वर्ष पहिलादेखि काम गर्न सुरु गरेका थिए ।
उनको निधनका बेला शाहरुख बुलगेरियामा आफ्नो आगामी फिल्म ‘दिलवाले’को शूटिंग गरिरहेका थिए । त्यसकारण सुभाषको अन्तिम संस्कारमा शाहरुख की पत्नी गौरी खान र छोरा आर्यन सहभागी भएका थिए ।

















प्रतिक्रिया