३१ आश्विन २०८३, शनिबार

अफ्ताव आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालय सर्वोच्चमा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । कांग्रेस नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई सफाई दिने उच्च अदालतको फैसलाविरूद्व महान्यायाधीवक्तको कार्यालय सर्वोच्च अदालत पुगेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले आज सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको हो । उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट बम काण्डमा आलमलाई सफाई दिएको थियो ।

फैसलाको चौतर्फी आलोचना भएपछि न्यायाधीश थारु र महर्जनमाथि न्यायपरिषदले छानबिन गरिरहेको छ । ल्लो अदालतको फैसलामा एक तह माथिको अदालतबाट फेरबदल भएमा महान्यायाधिवक्ता कार्यालयले आफ्नो मागदाबी लिइ सर्वोच्च अदालतमा जाने प्रचलन छ ।