काठमाडौ । नेक्ष्ट मोडलस् नेपालले अन्तराष्ट्रिय स्तरको सौदर्य प्रतियोगीता ‘मिस सुपर ट्यालेन्ट नेपाल २०१५’ आयोजना गर्ने भएको छ ।
‘मिस सुपर ट्यालेन्ट वल्र्ड २०१५’ नेपालको प्रतिनिधित्व गर्न प्रतिभा खोज्ने उदेश्यले यो प्रतियोगीता आयोजना गर्न लागिएको हो । बिश्वभर हाम्रो सम्पदा र धरोहर महाभूकम्पको चपेटामा सुरक्षित जस्ताको तस्तै रहेको सन्देश प्रवाह गर्न तथा नेपाली कला संस्कृतिलाई बिश्वका बिभिन्न मुलुकमा चिनाउन कार्यक्रमको आयोजना गरिन लागिएको आयोजक नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रबी धमलाले जानकारी दिए ।
नेपालमा अन्तराष्ट्रिय स्तरको सौदर्य प्रतियोगीता गरेर नेपाली युवतीहरुको क्षमता अभिवृद्धि गरी अन्राष्ट्रिय मोडलिङ र फेशन जगतमा नेपालको दर्बिलो उपस्थिती देखाउनु प्रतियोगिताको अर्काे उद्देश्य रहेको उनले खुलाए ।
आवेदन समेत खुल्ला गरिएको प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी साउन ९ र १६ गते राजधानीमा हुँदैछ । १७ देखि २८ बर्षसम्मका अविवाहित युवतीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कम्तिमा ५ फिट ४ इन्च हाइट भएको, शरीरमा तीन इन्च भन्दाबढी ट्याटु नभएको र न्युनतम प्लस २ अध्यायन सकाएका युवतीहरुले मात्र प्रतियोगितामा आवेदन भर्न पाउने आयोजकले प्रावधान राखेको छ ।
दुबै चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागि एक महिने प्रशिक्षणमा सहभागिता गराइनेछ । प्रशिक्षणका क्रममा उनिहरुलाई अन्तर्राष्ट्रिय रनवे, ब्यक्तित्व विकास, ग्रुमिङ, अन्तर्राष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चार कला, स्टेज पर्फमेन्सलगायत बिषयमा अत्याधुनिक बिषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिइने छ । प्रतियोगिताको बिस्तृत जानकारी नेक्ष्ट मोडलस् नेपालको केन्द्रिय कार्यालय अनामनगरबाट पाउन सकिनेछ ।
प्रतियोगिताको शीर्ष उपाधि बिजेताले ‘मिस सुपर ट्यालेन्ट नेपाल २०१५’ को उपाधिका साथमा नगद १ लाख रुपैयाँ, ब्याक्तिगत ब्यवसायिक वेभसाइट, बिभिन्न अन्तर्राष्ट्रिय उत्पादनको ब्रान्ड एम्बेसडर, बिज्ञापन अभिनय अवसरका साथै बिभिन्न उपहार जित्न सक्नेछन् । आधा दर्जन उप–विधामा पुरस्कृत गरिने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भदौं महिनाको अन्तिम साता हुनेछ ।
प्रतियोगिताको बिजेताले अमेरिकाको लस भेगानमा आगामी डिसेम्भर १० मा आयोजना गरिने ‘मिस सुपर ट्यालेन्ट वल्र्ड २०१५’ मा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । यसअगाडी मिस एसिया प्यासिफिकको नामबाट यो कार्यक्रम हुने गरेको थियो ।
२०१० मा आयोजित यो प्रतियोगितामा मिस नेपाल २०१० की बिजेता सदिक्षा श्रेष्ठले सहभागिता जनाएकी थिइन् । यस पटकबाट प्रत्येक बर्ष यो प्रतियोगितामा ‘मिस सुपर ट्यालेन्ट नेपाल’ले सहभागिता जनाउन पाउने आयोजक नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रबी धमलाले जानकारी दिए ।
















प्रतिक्रिया