
पोखरा, १९ असार । मदन भण्डारी फाउण्डेसन कास्कीले जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तिको अवसरमा असार २१ गते बृहत् जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
फाउण्डेसन कास्कीका अध्यक्ष माधव बास्तोलाका अनुसार कार्यक्रम पोखरा सभागृहमा दिउँसो २ बजे सुरु हुनेछ । कार्यक्रममा ख्यातिप्राप्त जनवादी कलाकार जीवन शर्मा, पूर्णकला बिसी लगायतका कलाकारहरूको प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रमहरू हुनेछन् ।
जननेता मदन भण्डारीको स्मृतिमा स्थापित फाउण्डेसनले उनको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाउँदै युवा पुस्तालाई जानकारी दिन विचार गोष्ठी, स्मारिका प्रकाशन लगायत समाज विकासका उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ ।
अध्यक्ष बास्तोलाले प्रवेश निःशुल्क रहने कार्यक्रममा सहभागिता जनाउन सबैमा आग्रह गरेका छन् ।












प्रतिक्रिया