– सुशिल नेपाल
पाल्पा । तिज आउन केहि समय भएपनि कलाकारहरुलाई भने तिजले केहि दिन अघिदेखि नै छोइसकेको छ । काठमाडौंमा मात्र नभएर रुपन्देहीका विभिन्न स्थानमा पनि कलाकारहरु तिजको तयारिमा व्यस्त रहेका छन ।
यसैबीच तिजलाइ लक्षित गरेर संचारकर्मी तथा मोडल कृष्णबाबु र गायिका शीलु भट्टराइको संयुक्त प्रस्तुतीमा कृष्ण बाबुको शव्द, राजेन्द्र कंडेलको लय तथा शिलु भट्टराई र राजेन्द्र कंडेलको स्वरमा ‘भाँच्न कम्मर भाँच’बोलको तिजगीत बजारमा आउने भएको छ । एक दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका कृष्ण अहिले भने तिजगीत निकाल्नमा व्यस्त बनेका हुन ।
‘भांच्न कम्मर भांच ,मत यता नाँच्न आइछु बिर्खे कहाँ गयो, यसपाली त बटौलीमा धुलो उड्ने भयो , ‘भाँच्न कम्मर भाँच’ मलाइ हेर्न मन छ ओइ कान्छा तेरै नाँच ..। ’ बोलको तिजगितले यसपालिको तिजमा थप रौनकता थप्ने देखिएको छ ।
सुपारि म्युजिक प्रा.लिको प्रस्तुतिमा गितको अडियो भोलि आइतबार र भिडियो ५ गते मंगलबार बजारमा ल्याउँने लगारि भैरहेको गायिका भट्राईले बताईन ।
















प्रतिक्रिया