काठमाडौं । चलचित्र ‘दिलमाया’को सिक्वेल बन्ने भएको छ ।
यसअघि दिलमायाले राम्रो व्यापार गरेपछि उक्त चलचित्रको सिक्वेल ‘दिलमाया–२’बन्न लागेको निर्देशक राजु गिरीले बताए ।
चलचित्रको छायांकन साउन १९ गते देखि हुने निर्देशक गिरीले बताए । बन्न लागेको यस चलचित्रको निर्देशन गिरि आफैले गर्नेछन र निर्माण रेनु कुमारी ठकुरीले गर्न लागेकी हुन । चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध र क्रान्ति केसीको नृत्य, अर्जुन पोखरेलले संगीत रहने छ ।
शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रमा असोक फुयाल, शुभेच्छा थापा, सुधन धिताल, सुभाष खड्काको अभिनय रहने छ । अझ दुईवटा नायिका फाइनल हुनु बाँकी रहेको गिरीले जनाए । उनले निर्देशन गरेका चलचित्र ‘मखमली’ र ‘बिन्दास–३’ रिलिज नहुँदै फेरी चलचित्र ‘दिलमाया–२’ निर्देशन गर्न लागेका हुन ।
















प्रतिक्रिया