काठमाडौं । भानु जयन्तीको अवसरमा साहित्यकार तथा गायक सुरेन्द्र महर्जन अमरको गीतीसंग्रह र साहित्यिक कृति उपन्यास एकसाथ विमोचन भएको छ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतीसंग्रह अमर र साहित्यिक कृति अनुष्का विमोचन भएको हो । यसअघि भाग्य एल्बमबाट पर्याप्त रुपमा चर्चा कमाईसक्नु भएका महर्जनका आफ्नै स्वरमा रहेको गीतीसंग्रह अमरको विमोचन भएको हो ।
एल्बमको विमोचन बरिष्ठ साहित्यकार बुलु मुकारुङ्ले उपन्यास वरिष्ठ साहित्यकार मोहन दुवालले र चलचित्रकर्मी कृष्ण मल्लले भिडियो बिमोचन गर्नुभएको थियो ।साथै यस एल्बममा समाबेस दुई गीतको म्युजिक भिडियो पनि सार्बजानिक गरिएको छ ।
बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्लले दुई गीतलाई सार्बजानिक गर्नु भएको हो । स्मरण रहोस सार्बजनिक गरिएको गित “मनको ढोका खोलेर माया गास्नु है” बोलको गीतमा मोडेल सम्पदा बानिया र प्रदीप भट्टराई रहेका छन् । गित अबको केहि दिनमा युटुब मार्फत सार्बजानिक गरिने बताइएको छ ।
गीतलाई ललितपुरको रमणीय स्थानहरुमा छायानाकन गरिएको छ , गीतलाई “दि लाईफ एक्सप्रेस मुभिज मेकर्स प्रा लि ले निर्माण गरेको हो । त्यस्तै एल्बमको अर्को गीत आकासको तारा ” लाई निर्देशक सुरेश थापाले निर्देशन गर्नु भएको छ ।
मधुशाला म्युजिक प्रा लि ले प्रकाशन गरेको गीतीसंग्रहमा स्वंयम मजर्हनकै स्वर रहेको छ। एल्बममा ६ वटा गीतहरु समावेश छन् । राम कार्कीको संगीत रहेको एल्बमका गीतहरु मनछुने रहेको गायक महर्जनको दाबी छ । आधुनिक गीतीसंग्रह अमरमा मिलन अमात्य, शिखा भारती लगायको पनि स्वर समावेश छ ।
विगत ३० बर्षदेखि साहित्य क्षेत्रमा कृयासिल महर्जनको गीति एल्बम अमर १० औं कृति हो । एल्बममा जम्मा ६ वटा गीतहरू रहेकोे छ । तीन वटा गीतहरूमा गायिका मिलन अमात्य, शिखा भारती र ममता पोखरेल गौतमका सुन्दर युगल स्वरहरू रहेका छन । समाबेश गीतहरूको सबै रचनाकार तथा गायक सुरेन्द्र महर्जन हुन ।
एल्बममा समेटिएका गीतहरूमा हर्ष-विष्मात, आशा-निराशा, आमोद-प्रमोद, प्रेम पीडालाई मुख्य विषय बस्तु बनाइएका छ्न । राम कार्कीको संगीत र एरेन्ज सुरेन्द्र महर्जनको स्वर र शब्द रहेको यो एल्बम नेपाली इतिहासमा संगीत/एरेन्जर र स्वर/शब्दमा भएकोले नौलो रहेको छ।
अर्को नौलो कुरा गीत, संगीत, भिडियो, पुस्तक प्रकाशनदेखि लिएर हरेक कुरामा गीत, संगीत, अभिनय तथा पुस्तक प्रकाशनमा सहयोग गरेर गीत, संगीत, अभिनय र साहित्यको बिकासमा मधुशाला म्युजिकलाई सहयोग गरेको हुनाले मधुशाला म्युजिकको तर्फबाट मधुशाला सम्मान र मधुशाला मायाको चिनो सो कार्यक्रममा बितरण गरेको छ ।
माया प्रेममा आधारित कथा हो उपन्यास “अनुष्का”
जुन उपन्यासमा, यौवनमा देखिने सुन्दर बिहानको सितल घाम जस्तै हृदय स्पर्शी अनि बिहानीको समयमा चराचुरुङ्गीका चिरवीर आवाजले मनलाई दिने आनन्द कथामा त्यस्तो कुराहरू समेटिएका छन । कथामा बिछोड र पीडाले साइनो गाँसेको बुझ्न सकिन्छ । आँखा बन्द गर्दा देखिने सपनाहरू निंद्रा भङ्ग भएपछि सपना केवल सपना हुन्छ कल्पना जस्तो साथ कोही हुन्न केही हुन्न बिउँझेपछी।
कल्पनामा रम्नु गल्ती हो कल्पनामा हराउनु हुन्न भन्ने ज्ञान समेत दिएको छ कथामा । एकहरो प्रेमले मान्छेलाई पीडा दिन्छ । मायाले मान्छेलाई असल र खराब बनाउने गर्छ र मायाले नै सफलता पनि दिन्छ । कुलतमा फस्ने झगडा गर्ने गराउने समेत गर्छ कथामा प्रेमको भरपुर वर्णन गरिएको छ ।
प्रेम गर्नु पाप हैन प्रेम ईश्वरको सुन्दर रचना हो कथामा ब्याख्या गरिएको छ । प्रेमको इतिहास बोकेको कथा घोष्ट राईटिङ्गको प्रकाशनमा अमरको ११ औं कृति प्रेममा अल्झेपछी कस्तो हुन्छ मान्छेको जिन्दगी, कथामा बुझ्न सकिन्छ ।
मायाले सफलता असफलता जे पनि दिन्छ । प्रेम गर्नु पाप हैन प्रेम त ईश्वरको सुन्दर रचना हो कथामा प्रेमको वर्णन गरिएको छ ।















प्रतिक्रिया