
काठमाडौं, १४ जेठ । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग कायमै राख्दै मध्यमार्गी बाटो लिने निर्णय गरेका छन् ।
आज बसेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा काग यथावत राख्दै बजेट भने नरोक्ने निर्णय गरेका हुन् ।
यसैबीच, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरेका छन्। संसद् भवनमा प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी रहँदा प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए।
कुराकानीमा प्रचण्डसँग ओलीले संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेपछि त्यसको जवाफमा उनले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने बताए ।








प्रतिक्रिया