१३ कार्तिक २०८३, शुक्रबार

भोलिका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन उपत्यकाका प्रहरी इन्चार्जलाई निर्देशन

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । भोलि काठमाडौंमा हुने नेकपा (एमाले)  र राजावादीको पदर्शनमा सुरक्षा व्यवस्था चुस्त बनाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन दिइएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले काठमाडौँ उपत्यका भित्रको शान्ती सुरक्षा सुदृढ बनाउन मातहतका प्रहरी इन्चार्जलाई निर्देशन दिएका हुन्।

कार्यक्रममा एआईजी तामाङले काठमाडौँ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी कर्मचारीलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका छन्।