
काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले राजसंस्थाको समर्थनमा कतै नबोलेको स्पष्ट पारेको छ ।
देउवा राजसंस्थाप्रति सकारात्मक रहेको समाचार सार्वजनिक भएपछि काँग्रेसले खण्डन गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो । जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’
यस्तै काँग्रेसले नेपालको संविधान संरक्षणका लागि सभापति देृवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका पनि उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।’
कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उनको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य भएको उल्लेख छ।














प्रतिक्रिया