२१ कार्तिक २०८३, शनिबार

तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २४ वैशाख । बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।