२३ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : चल्ने भयो उपप्रधानमन्त्रीकी दिदी विरूद्व मुद्दा, कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली !

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ बैशाख । दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

रहेनन् प्रदीप नेपाल : वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन, पशुपतिमा अन्त्येष्टि ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रियसभालाई सम्बोधन गर्ने ।

ज्ञानेन्द्रको गद्दी आरोहण हुने ठोकुवा : डा. जगमान गुरुङको ठोकुवा– जेठ १५ गते गणतन्त्रको अवसान र श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुन्छ ।

प्रधानमन्त्रीलाई जोगाउँदै ? : प्रधानमन्त्रीका कारण होइन, राष्ट्र बैंकभित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको काँग्रेस सभापति शेरबहादुर देउवाको स्पष्टोक्ति ।

गृहमन्त्रीले जवाफ दिने : रेशम चौधरी पक्राउबारे गृहमन्त्री रमेश लेखकले विहीबार संसदमा जवाफ दिने ।

मुद्दा चलाउने निर्णय : बालमन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहसहित १७ जनाविरूद्व मुद्दा चलाउने महान्यायाधीवक्ताको कार्यालयको निर्णय ।

शहीद घोषणा नगर्ने : तीनकुने घटनामा मृत्यु भएकालाई कुनै पनि हालतमा शहीद घोषणा गर्ने सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङको स्पष्टोक्ति ।

प्रचण्डको मुटुमै गोली : सरकारले कुलमान घिसिङलाई हटाउँदा माओवादी अध्यक्ष प्रचण्डलाई मुटुमै गोली लागेजस्तो भएको एमाले सचिव योगेश भट्टराईको टिप्प्णी ।

अधिवेशनमा झडप : एमाले धनुषा अधिवेशनमा दुई पक्षबीच झडप, पाँच जना घाइते ।

कारण देखाउ : जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा उच्च अदालत पाटनद्वारा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग ।

अझै भेटिएन गाडी : भूगर्भविद्ले खोज्दा पनि भेटिएन हेटौंडामा जमिनमुनी हराएको गाडी ।

पक्राउ परे अग्रवाल : बैंकिङ कसुर र चेक अनादरका दुई वटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला तोकिएका फरार रहेका व्यापारी अमित अग्रवाल पक्राउ ।

चोरी गर्ने पक्राउ : काठमाडौँको नक्सालको भाटभटेनीबाट रक्सी चुरोट चोरेको आरोपमा दोलखाको बैतेश्वर गाउँपालिका २ घर भई हाल भक्तपुरको ठिमी बस्ने ३७ वर्षका बिमल श्रेष्ठ पक्राउ ।

पाकिस्तानलाई तर्साउने प्रयास ? : बुधबार पाकिस्तान सीमानजिकै हवाई अभ्यास गर्दै भारतीय वायुसेना, रोकियो पाकिस्तानतर्फ बग्ने चेनाव नदी ।

नेपाल विजयी : उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा भारतको स्थानीय टोली आरपिसिए गल्र्सलाई चार रनले पराजित गर्यो ।