१३ कार्तिक २०८३, शुक्रबार

सदस्यता नवीकरण र नयाँ लिष्ट अर्को हप्ताभित्र पठाउन एमाले बागमतीको निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) वाग्मती प्रदेशले पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यको लिष्ट अर्को हप्ता भित्र प्रदेश कमिटीमा पठाइसक्न निर्देशन दिएको छ ।

पार्टी प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले एक हप्ता भित्र अर्थात् बैशाख २६ गतेसम्म सबै जिल्लाको सदस्यताको अभिलेख प्रदेश कार्यालयमा पठाउन निर्देशन गरिएको जानकारी दिए ।

उनले जिल्ला कमिटीदेखि टोल कमिटीसम्मलाई एक हप्ता अरू सबै काम छाडेर सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काममा लाग्न आग्रह गरेका छन् । ढुङ्गेलले पार्टीको आन्तरिक जीवनमा यो एक हप्ताको समय निक्कै महत्त्वपूर्ण हुने बताउँदै पार्टीका तलसम्मका नेताहरूलाई यसको महत्त्व बुझेर पार्टी काममा लाग्न आग्रह गरे ।

‘अहिलेको सदस्यता नै पार्टीको आगामी महाधिवेशन प्रक्रियामा सहभागी हुने फाइनल सूची हुने भएकोले यसको प्रभाव आउने महाधिवेशनसम्म पर्छ, त्यसैले यस पटकको सदस्यता नवीकरण निक्कै महत्त्वपूर्ण छ’, उनले भने ।

बैशाख मसान्तसम्म सबै जिल्लाबाट आउने अभिलेख केलाएर हेर्नुपर्ने भएकोले समयमा नै नामावली पठाउन आग्रह गरिएको उनले बताएका छन् । ‘समयमा नै पठायो भने कसैको नाम छुटेको रहेछ भने करेक्सन गर्न पनि भ्याइन्छ, त्यसैले छिटो गरी सदस्यहरूको अन्तिम नाम पठाउन भनेको हौँ’, ढुङ्गेलले भने ।