१३ कार्तिक २०८३, शुक्रबार

संयुक्त समितिमा आ.व.२०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदनमा छलफल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ बैशाख । संयुक्त समितिमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल भएको छ ।

बुधबार सिहंदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा प्रतिवेदनमाथिको छलफल सुरु भएको सभापति ठाकुर गैरेले जानकारी दिए ।

उनले भने, ‘नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आ.व. २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल प्रारम्भ भएको छ ।’

त्यस्तै, उनले प्रतिवेदनमा उल्लेख भएका सम्पूर्ण विषयवस्तुलाई अध्ययन गरेर त्यसको आधारमा कार्यान्वयनको अवस्था के छ भन्ने कुराको मूल्याङ्कन र अनुगमन गरेर त्यसको आधारमा संघीय संसदमा प्रतिवेदन समेत प्रस्तुत गर्ने बताए ।

उनले भने,‘यो प्रतिवेदनमा उल्लेख भएका सम्पूर्ण विषयवस्तुलाई अध्ययन गरेर त्यसको आधारमा यो कार्यान्वयनको अवस्था के छ भन्ने कुराको मूल्याङ्कन गरेर अनुगमन गरेर यो प्रतिवेदनको आधारमा संघीय संसदमा प्रतिवेदन समेत प्रस्तुत गर्नुपर्ने भएको हुनाले यसको विस्तृत छलफल गर्न अर्को बैठक आयोजना गर्नेगरी आजको बैठक सम्पन्न भएको छ ।’