२८ असार २०८३, आइतबार

एमालेको आन्तरिक जीवनमा २०८२ विशेष महत्वको वर्ष : काशीनाथ अधिकारी

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । नेकपा (एमाले)का संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले एमालेको आन्तरिक जीवनमा २०८२ विशेष महत्वको वर्ष हुने बताएका छन् ।

आउने भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने उद्घोष भइसकेकोले त्यसको ६ महिनाभित्र राष्ट्रिय महाधिवेशनको आयोजना हुने प्रवल सम्भावना रहेको उनले उल्लेख गरेका छन् । त्यसो हुँदा २०८१ फागुन–चैतमा भएको २०८२ को सदस्यता नवीकरण नै महाधिवेशन प्रक्रियामा सहभागी हुने फाइनल सूची हुने उनले स्पष्ट पारेका छन् । नवीकृत सदस्यहरूको रिपोर्ट सङ्कलन गरी प्रदेश पार्टी कार्यालयमा पठाउने अन्तिम मिति वैशाख मसान्त तय भएकाले पार्टी सदस्य र मातहतका कमिटीले उच्च सजगता राख्नुपर्ने घडी आएको उनले बताए ।

वैशाख महिनाभरीमा प्रदेश पार्टीमा जिल्लाबाट सदस्यको नाम पठाउनु पर्ने भएकोले अब बाँकी रहेको दुई हप्ता एमालेका सदस्यका लागि निक्कै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । ‘पछि पश्चाताप नहोस्’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।