२१ कार्तिक २०८३, शनिबार

तिहारलाई लक्षित गर्दै कोशीका सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी कुकुरसहित चेकजाँच

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले सुरक्षा निगरानी र चेकजाँचमा कडाइ गरेको छ ।

विशेषगरी तिहारलाई लक्षित गर्दै पटका तथा पटकाजन्य विस्फोटक पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोग नियन्त्रण गर्न सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

चाडपर्व सुरक्षा योजनाअनुसार प्रहरी कुकुरसहितको चेकजाँच टोली परिचालन गरी सवारीसाधन, शंकास्पद सामग्री तथा आवतजावत गर्ने व्यक्तिमाथि निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा विभिन्न स्थानबाट अवैधरूपमा भित्र्याइएका करिब १० लाख सात हजार रुपैयाँभन्दा बढी मूल्यका पटकाजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको छ ।