
सिरहा, १४ बैशाख । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ ।
आज अपरान्ह गोलबजार चोकमा एकत्रित भएका तरुणदलका युवाहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पूर्व पश्चिम राजमार्ग समेत केही समयकालागि अवरुद्ध बनाएका हुन् ।
लिङदेनविरुद्ध चर्का नारावाजी गर्दै तरुण दल समर्थित युवाहरुले संसद भवनमा झुटा वयान दिएर नेपाली कांग्रेसका एक प्रतिष्ठित नेताको बदनाम गर्ने काम गरेको भन्दै आक्रोस पोखेका थिए ।
तरुण दलका युवाहरुले लिङ्देनको पुतला दहन गर्दै कोण सभा पनि गरेका थिए । तरुणदलका नेता अरविन्दमण्डलको नेतृत्वमा सो विरोध कार्यक्रम भएको थियो ।







प्रतिक्रिया