
काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली सरकार नढल्ने स्पष्ट पारेका छन् ।
आज बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकार परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।
यस्तै उनले काँग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फिर्ता भएर जवाफ दिएपछि सरकार ढल्ने भन्दै हल्ला गर्नेहरू चुप लागेका बताए ।
‘शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो, खुइए गेर पुर्पुरामा हात लगाएर बसे हल्ला गर्नेहरु विचराहरु त्यति चाहिएको रहेछ। शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि खत्र्याक्कै हुँदारहेछन्। थुचुक्कै।’








प्रतिक्रिया