२१ कार्तिक २०८३, शनिबार

प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दघाट, ३ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् ।

अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्यविक्रम थापा ‘सलिम’को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।

सहिद थापा माओवादी जनयुद्धको क्रममा २०६० सालमा चितवनमा सहिद भएका हुन् । उनको योगदानको सम्मानस्वरूप निर्मित स्मृति केन्द्रले यस क्षेत्रमा स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।