२१ कार्तिक २०८३, शनिबार

हेटौंडामा चैत १८ गते गणतन्त्रको पक्षमा जागरणसभा गर्दै एमाले मकवानपुर

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १६ चैत । नेकपा (एमाले) मकवानपुरले यही चैत १८ गते (सोमबार) हेटौंडामा बृहत् जागरणसभा आयोजना गर्दैछ ।

लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वर्द्धनका लागि एमाले मकवानपुरले विशाल जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताए ।

जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा उतार्दै गणतन्त्रको पक्षमा जागरण गराउने योजनामा एमाले रहेको हो । जागरणसभा हेटौंडाको बुद्धचोकमा हुनेछ ।

जागरणसभाभन्दा अगाडि हेटौंडाको चार स्थानबाट विशाल र्‍याली निकालिने अध्यक्ष पोखरेलले बताए । सोमबार बिहान १० बजे पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरी चार स्थानबाट र्‍याली निस्किने उनले बताए ।

गणतन्त्रको संरक्षण र सम्वर्द्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमालेले जागरणसभा गर्न लागेको अध्यक्ष पोखरेल बताउँछन् । यो जागरणसभा प्रतिगामी षड्यन्त्रकाविरुद्ध, पुनरुत्थानवादी र अराजक तत्वहरुलाई सन्देशको रुपमा पनि रहने उनको भनाई छ ।