२२ कार्तिक २०८३, आइतबार

तोलामा चार सयले बढ्यो सुनको मूल्य

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।