
पर्सा, ३० माघ । खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन् । पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशरोर लम्सालका अनुसार सोमबार साँझ ६ बजे अन्सारीलाई पक्राउ गरिएको हो ।
आसमिन फ्रेस हाउस चलाइरहेका अन्सारीले खसीको भनी बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोली त्यहाँ पुगेको थियो ।
‘प्रहरी टोली पुग्दा अन्सारीको पसलबाट खसीको अण्डकोष टाँसिएको बाख्राको मासु १५ केसी बरामद भएको छ,’ लम्सालले भने ।
अन्सारीलाई कालोबजार ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट मंगलबार पाँच दिन थुनामा राख्न अनुमति लिइएको लम्सालले बताए ।








प्रतिक्रिया