
काठमाडौं, २२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी पुगेका छन् । म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो सामाजिक सञ्जाल फेसबुकपेजमा एक भिडियो पोस्ट गरेका छन् । उनले कही वर्ष अघि आफू धर्मपत्नी र केही मन्त्रीहरुको साथमा तातोपानी कुण्ड आएको स्मारण गर्दै त्यस बेलामा निकै प्रचार भएको बताए । त्यस बेला आउँदा र अहिले आउँदा केही संरचनामा प्रगति भएको उनले उल्लेख गरेका छन् ।
तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्रथामिकतामा राखेको उनले जिकिर गरे । यसका लागि पटकपटक बजेट विनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए । उनका अनुसार यो बहुवर्षिय योजना भएकाले अब बन्ने पक्का भएको हो ।
तातोपानी कुण्डका पदाधिकारीले वर्षातको समय आउनसक्ने बाढी र गर्ने सक्ने क्षति न्युनिकरणका बारेमा जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले बेनिघाट र ढोरपाटनको बाटो बनेकोमा खुशी व्यक्त गरे ।








प्रतिक्रिया