२२ कार्तिक २०८३, आइतबार

योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभा, २२ माघ । सङ्खुवासभाको खाँदबारीमा विदुषी योगमाया हिमालयन विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गरिएको छ ।

अरुण उपत्यकाभित्रका १९ वटा स्थानीय तहका प्रमुख र प्रतिनिधि भेला भएर सोमबार जिल्ला समन्वय समितिको भवनमा केन्द्रीय कार्यालय स्थापना गरिएको हो ।

विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्कीले कार्यालयको उद्घाटन गर्दै विश्वविद्यालय स्थापनाका लागि भइरहेका प्रयास र हालसम्मको प्रगतिका बारेमा जानकारी गराएका थिए । कार्यालय स्थापनासँगै विश्वविद्यालयका काम अघि बढेको र खाँदबारी नगरपालिका–९ को ढुङ्गेबिसौनामा पाँच सय रोपनी जग्गा विश्वविद्यालयका लागि अधिग्रहण गरिसकिएको उनले बताए ।