काठमाडौं, २३ असार । लाखौँ सर्वसाधारणबाट अर्बौ रुपैँया ठगी गरेको युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको हत्या भएको खबर झुटो भएको उनकी श्रीमती श्रीषा क्षेत्रीले दाबी गरेकी छिन् । बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले-‘जिउँदै भएको मान्छेलाई मरेको भन्ने’ भनेर आक्रोश पोखिन् ।
उनले आफ्नो श्रीमान मृत्यु नभएको र उनी देश बाहिर रहेको खुलाईन् । पत्रकार प्रश्नमा फेसबुक स्टाटस मरेको फोटा पनि राखिएको छ भन्दा उनले भनिन्-‘जसले हालेको उसैलाई सोध्नुस् ।’ उनले कृष्ण क्षेत्री विष्णुको दाजु नै भएको बताउँदै उनी पनि हाल नेपालमा नरहेको बताईन् ।
तर, श्रीषाले यसो भनिरहँदा कृष्णले आफ्नो फेसबुकमा ललितपुरको भैँसीपाटीमा मंगलबार भाई विष्णुको ‘गोली हानी हत्या’ गरिएको खबर सार्वजनिक गरेका थिए ।
कृष्णले विष्णुलाई ‘गोली हानी हत्या’ गरिए पनि प्रहरी वा अरु कसैले हत्या गरेको भन्ने खुल्न नसकेको बताएका थिए । उनले रगतले लत्पतिएको तस्वीर समेत फेसबुकमा सार्वजनिक गरेका थिए ।
यो घटनाबारे प्रहरीले केही जानकारी नभएको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले हत्याको बारेमा कुनै सूचना प्राप्त नभएको बताए । अवैध रुपमा असुली गरेर गठी गरेपछि युनिटीलाई कारवाही गर्दा विष्णु नेपालबाटै फरार भएका थिए ।
पर्वतका कृष्णबहादुर र विष्णुबहादुर क्षेत्री युनिटीका संचालक हुन् । उनीहरु दुवै जना फरार छन् । विष्णुबहादुर युनिटीका प्रबन्ध निर्देशक थिए । बहुचर्चित युनिटी लाइफ काण्डमा सर्वसाधारणको ३ अर्ब ७९ करोड बढी रकम फसेको थियो । सोही अभियोगमा जिल्ला अदालत ललितपुरले युनिटीका अध्यक्ष काशी गुरुङसहित १२ सञ्चालकलाई एक बर्षअघि दोषी ठहर गर्दै तीन बर्ष जेल सजायको फैसला गरेको थियो । अदालतको फैसला बमोजिम अध्यक्ष गुरुङसहित अधिकांश सञ्चालक जेल गए पनि प्रवन्ध निर्देशक विष्णु क्षेत्री फरार थिए ।
युनिटीका एक सदस्यले भने प्रहरीबाट जोगिन क्षेत्री दाजुभाइले नाटक गरेको दाबी गरेका छन् । किनकी घटना निकै शंकास्पद देखिएको छ । मंगलबार साँझ ५ बजेको घटना भनिए पनि यो घटना कतै सार्वजनिक भएको छैन् । न त प्रहरीले नै यसको आधिकारिक जानकारी दिएको छ । विष्णुका दाजु कृष्णले फेसबुकबाट मात्र सार्वजनिक गरेकाले उनको यो अर्को प्रोपागाण्डा हुन सक्ने अनुमान समेत गरिएको छ ।
यस्तो छ विष्णुका दाई कृष्णले लेखेको फेसबुक स्टाटस् :













प्रतिक्रिया