२९ असार २०८३, सोमबार

एमाले सचेतक बरालले संसदमा दर्ता गराइन् जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठसहित)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले संसदमा सार्वजनिक जरुरी महत्वको प्रस्ताव दर्ता गराएकी छन् ।

उनले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईई) सँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् ।

उनको प्रस्तावमा एमालेकै सांसद ठाकुरप्रसाद गैरे, नेपाली कांग्रेसका सांसद प्रतिमा गौतम, नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक सांसद निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक सांसद वीना लामाले समर्थन जनाएका छन् ।