२१ असार २०८३, आइतबार

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, १३ माघ । गण्डकी प्रदेश स्थापना दिवस अबदेखि माघ २२ गते मनाउने सर्वपक्षीय निर्णय भएको छ ।

शनिबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेश स्थापना दिवस माघ २२ गते मनाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । यसअघि प्रदेश सभा र प्रदेश सरकारले छुट्टाछुट्टै दिवस मनाउँदै आएको थिए । प्रदेश सभाले माघ २२ मा प्रदेश स्थापना दिवस र फागनु ४ मा प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउने गरेको थियो ।

यसैगरी, एकै प्रकृतिका दुई कार्यक्रम भइरहेकामा अबदेखि प्रदेश सभा स्थापना भएको दिन माघ २२ गते प्रदेश स्थापना दिवसका रुपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रमुखलगायत सरोकार भएका पक्षको संयुक्त बैठकले निर्णय गरेको प्रेस संयोजक सापकोटाले बताए ।