२२ कार्तिक २०८३, आइतबार

१९५ किलो गाँजासहित एक जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ६ माघ । प्रहरीले ठूलो परिणामको गाजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरीयासमेतबाट खटिएको प्रहरीले बा.प्र.०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाई छिपाई भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।