२२ कार्तिक २०८३, आइतबार

घरजग्गाको कारोबारमा सुधार, पुसमा ४ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मंसिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व संकलनमा वृद्धि भएको छ ।

गत मंसिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रुपैयाँ बराबर संकलन भएकामा पुस मसान्तसम्म चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ रुपैयाँ राजश्व प्राप्त भएको छ । विभागका अनुसार पुस महिनामा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ रुपैयाँ संकलन भएको छ ।

यस्तै, रजिष्ट्रेशन दस्तुरबाट दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५ रुपैयाँ, पूँजीगत लाभकरबाट एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक सय ७२ रुपैयाँ प्राप्त भएको छ । काठमाडौं उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व संकलन गरेको छ । कार्यालयले ४० करोड ९४ लाख ४२ हजार सात सय ३२ रुपैयाँ राजश्व संकलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले दुई लाख ८९ हजार ८४ रुपैयाँ, मालपोत कार्याल भक्तपुरले २९ करोड ७६ लाख १३ हजार दुई सय ७१ रुपैयाँ, मालपोत कार्यालय डिल्लीबजारले २१ करोड ९० लाख ९९ हजार छ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले २२ करोड ९३ लाख ८० हजार तीन सय ६७ रुपैयाँ, कलङ्की मालपोतले २१ करोड ९३ लाख ७१ हजार सात सय ९२ रुपैयाँ, मालपोत कार्याल साङ्खुले १० करोड ३२ लाख ५९ हजार छ सय २२ रुपैयाँ, मनमैजुले छ करोड ६८ लाख २९ हजार पाँच सय ६१ रुपैयाँ, मालपोत कार्यालय टोखाले छ करोड ७७ लाख ३४ हजार छ सय ९७ रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १६ करोड ११ लाख तीन हजार चार सय ८१ रुपैयाँ, मालपोत कार्यालय इनरुवा सुनसरीले १० करोड ९३ लाख ७४ हजार दुई सय ५७ रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।