२२ कार्तिक २०८३, आइतबार

पर्यटन र उत्पादनलाई प्राथमिकता दिएर काम गर्नुपर्छ : शंकर पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि पर्यटन र उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।

लुम्बिनीमा आयोजित जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मीलगायतसँगको छलफलमा बोल्दै महासचिव पोखरेलले लुम्बिनीको समग्र विकासको पहिलो आधार पर्यटन भएको बताए । पर्यटनसँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक रहेको उनको धारणा छ ।

‘पर्यटन नै विकासको मूल आधार हो, पर्यटनसँग जोडिएका उत्पादनशील क्षेत्र हस्तकला, पोसाक तथा खानासँग जोडिएका क्षेत्रलाई अघि बढाउन सकिन्छ’, महासचिव पोखरेलले भने ।

लुम्बिनी क्षेत्रको भित्रको मात्रै विकास भएर नहुने बताउँदै उनले बाहिरी क्षेत्रको विकासलाई पनि अघि बढाउने गरी विस्तृत गुरुयोजना निर्माण गर्न आवश्यक रहेको बताए । ‘समग्र लुम्बिनी क्षेत्रको विकासमा आधारित विस्तृत योजना बनाउन जरुरी छ, त्यो योजनाले लुम्बिनी भित्र र बाहिरको क्षेत्रलाई समेट्न सकोस्’, उनले भने ।

लुम्बिनी प्रदेश स्थापना भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि पहिलाभन्दा अहिले राम्रा पूर्वाधार बनेका उनले बताए । त्यसैले पर्यटकलाई सहज भएको पोखरेलको भनाइ छ ।