
काठमाडौं, २९ पुस । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलि माघ १ गतेदेखि लागू हुने यो नयाँ दरमा अधिकांश बैंकहरुले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले पुस महिनाको ब्याजदरलाई यथावत राखेका छन् । दुई बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ ।
कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.५१ प्रतिशत र संस्थागत खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यो अघिल्लो महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५७ बाट घटेको हो भने संस्थागत खातामा ३.२५ मै कायम रहेको छ ।
त्यसैगरी, नेपाल एसबीआई बैंकले व्यक्तिगत खातामा ५.५ र संस्थागत खातामा ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
यता, लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.७५ र संस्थागत खातामा ४.५ प्रतिशत ब्याजदर तोकेको छ । यस बैंकको यो पुस महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५ प्रतिशतबाट बढेको हो भने संस्थागत खातामा ४.५ प्रतिशत नै कायम रहेको छ ।









प्रतिक्रिया