२२ कार्तिक २०८३, आइतबार

प्रचण्ड र माधवबीच भेटवार्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुने तथा थ्रेस होल्ड राखेर राजनीतिक दलसबन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र नेपालका बीचमा भेटवार्ता भएको हो । दुवै नेताबीच सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

दुई नेतासहित अन्य नेताहरूका बीचमा भएको भेटवार्ताको क्रममा समसामयिक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालगायतका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले ०८७ सालमा संविधान संशोधन हुन्छ भनेर दिएको अभिव्यक्तिपछि दुई नेताबीच भेटवार्ता भएको हो ।