
विराटनगर, २५ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् ।
जिल्ला अदालत मोरङले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई अनुमति दिएको हो ।
एमबीबीएस परीक्षा पास गराइदिने भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा आजै अनिल पक्राउ परेको थिए । जिल्ला प्रहरी कार्यालय मोरङले अदालतमा लगेपछि उनलाई हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अनिलले एमबिबिएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपपछि सभापति पोखरेलले उनलाई जिम्मेवारीवाट बर्खास्तसमेत गरेका थिए ।
अनिलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।












प्रतिक्रिया