३१ जेष्ठ २०८३, आइतबार

अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादनमा जोड दिनुपर्छ : मन्त्री सिंह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २५ पुस । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।

बिहीबार तनहुँ महोत्सवमा सम्बोधन गर्दै उनले कृषकको भलाई र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन् । तनहुँ जिल्लाको राजनीतिक रूपमा मात्र नभई कृषि, पर्यटन र उर्जाको क्षेत्रमापनि महत्वपूर्ण भूमिका रहेका सिंहले बताए । ‘नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले उर्जालाई व्यवस्थित गर्नुपरेको छ । कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुइमत छैन, उनले भने ।

कोभिडले नेपालको अर्थतन्त्रमा असर पारेपनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको सिंहले बताए ।

त्यस्तै, उनले महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारको प्राथिमकता नागरिकको जिविका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रको विकासमा विशेष ध्यान दिइरहेको बताए । महोत्सवले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक नेपाली समाजको चित्र प्रस्तुत गरेको भन्दै उनले कला सँस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि पनि महोत्सव हुनु सकारात्मक रहेको धारणा राखे ।