२२ कार्तिक २०८३, आइतबार

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, २ भारतीयसहित ५३ जना पक्राउ

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक रहेका छन् भने अरु सबै नेपाली नै रहेको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिए । उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए ।

पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।